arrow

निर्वाचनका लागि ७९ प्रकारका सामग्री आवश्यकः १४ सामग्री मात्र खुला प्रतिस्पर्धाबाट किन्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
ramprasad-bhandaris.jpg

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सामग्रीहरूको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार यस निर्वाचनमा कुल ७९ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्ने सूची तयार गरिएको छ।

आयोगले आवश्यक ७९ सामग्रीमध्ये १४ प्रकारका सामग्री मात्र खुला प्रतिस्पर्धाबाट खरिद गर्ने तयारी गरेको छ। भण्डारीले यी १४ सामग्री खरिद गर्दा स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिइने र केही सामान मात्र विदेशबाट खरिद गरिने बताए। 

बाँकी अधिकांश सामग्रीहरू स्थानीयस्तरमै किन्न सकिने भएकोले त्यहीँबाट जोहो गर्ने व्यवस्था मिलाइएको छ। मतपत्र छपाईका लागि आवश्यक पर्ने कागज र मतपेटिकाहरू आयोगसँग पर्याप्त स्टक रहेकोले खरिद गर्नु नपर्ने पनि उनले स्पष्ट पारेका छन्। 

गत २०७९ सालको निर्वाचनमा कोरोना भाइरसको प्रकोपका कारण ९४ प्रकारका सामग्री प्रयोग भएकोमा अहिले ती सामग्री आवश्यक नपर्ने भएकाले यसपटक ७९ प्रकारका सामग्री मात्र प्रयोग हुने भण्डारीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ