arrow

बक्यौता तिरेपछि चार उद्योगको पुनः जोडियो विद्युत्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
electricity-line.jpg

काठमाडौँ। डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगहरूले सोमबार प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेका छन्। पहिलो किस्तावापतको रकम बुझाएपछि ती उद्योगहरूको विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिक ले पहिलो किस्ता बुझाएका हुन्।

ती उद्योगहरूले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन्। प्राधिकरणको तथ्याङ्कअनुसार उनीहरूको बक्यौता रकम यसप्रकार रहेको छ: पञ्चकन्या प्लाष्टिकको रु २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको रु ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको रु एक करोड ८३ लाख र श्याम प्लास्टिकको रु ४९ लाख १० हजार। उद्योगहरूले यो कुल बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरी पहिलो किस्ता तिरेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ