arrow

ट्रम्पद्वारा युक्रेनलाई ‘तोमहक’ मिसाइल दिने योजना अस्वीकार

युद्ध थप चर्किने खतरा रहेको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
trump-20.jpg

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई ‘तोमहक’ क्रुज मिसाइल दिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। फ्लोरिडाको पाम बीचबाट वाशिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल उपलब्ध गराउँदा रूससँगको युद्ध थप चर्किन सक्ने खतरा रहेको बताएका हुन्।

यसअघि, अक्टोबर २२ मा ट्रम्प र नाटोका महासचिव माक रुट्टबीच ह्वाइट हाउसमा भएको भेटमा तोमहक क्षेप्यास्त्रको सम्भावित हस्तान्तरणबारे छलफल भएको थियो।

तोमहक मिसाइल करिब १,००० माइल (१,६०० किलोमिटर) टाढासम्म प्रहार गर्न सक्ने क्षमता राख्छ। यसको गति करिब ५५० माइल प्रतिघण्टा हुन्छ, जुन आवाजको गतिभन्दा करिब ७० प्रतिशत कम हो। यो मिसाइल सतहबाट मात्र करिब ३० मिटरमाथि उड्ने भएकाले रडारले पत्ता लगाउन कठिन हुने यसको विशेषता हो।

अमेरिकासँग अहिले हजारौँ तोमहक मिसाइल रहेको अनुमान गरिए पनि नयाँ उत्पादन कम भएकाले स्टक घट्दो क्रममा छ। यसै कारण पनि युक्रेनलाई यो मिसाइल उपलब्ध गराउने निर्णय गर्न अमेरिकी नेतृत्वलाई कठिन हुने विश्लेषण गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ