arrow

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ बढ्दा चाँदीको घटेको छ ।

आइतबार सुनको भाउ तोलामा सात सय रुपैयाँले बढ्दा चाँदीको पाँच रुपैयाँ घटेको छ । 

मूल्य बढेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

सुनको भाउ गत साताको अन्तिम दिन शुक्रबारको प्रतितोला दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

सुन गत असोज ३१ गते हालसम्मकै महंगो प्रतितोला दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यता गत शुक्रबार प्रतितोला तीन हजार ६० रुपैयाँमा कारोबार भएको असली चाँदी आइतबार घटेर तीन हजार ५५ निर्धारण भएको छ ।

चाँदी पनि गत असोज ३१ गते नै हालसम्मकै उच्च प्रतितोला तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ