arrow

सभामा बोल्दै ढलेर निधन भएका मजदुर नेतालाई शहीद घोषणा गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
kamal-gautam-2.jpg

काठमाडौँ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न माग गरेका छन्।

जिफन्टको उपाध्यक्षसमेत रहेका कमल गौतमको गत बिहीबार भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेकै बेला ढलेर निधन भएको थियो।

जिफन्ट अध्यक्ष श्रेष्ठले श्रमिकहरूको अधिकारका लागि बोल्दाबोल्दै ज्यान गुमाएका गौतम महान शहीद भएको भन्दै उनलाई शहीद घोषणा गर्न सरकारसँग आग्रह गरे। उनले जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएका अन्य व्यक्तिहरूलाई शहीद घोषणा गरिएको तर श्रमिकका नेतालाई बेवास्ता गरिएकोमा असन्तुष्टि जनाएका थिए।

श्रेष्ठले भने, "अस्ती भर्खरै जेन–जी आन्दोलनमा हामीले देख्यौँ, आन्दोलनको नाममा झण्डा बोकेर सिंहदरबार जलाउनेलाई पनि शहीद भनियो, आन्दोलनको नाममा भाटभटेनी लुटेर, लुट्दालुट्दै हाम फालेर मर्नेहरूलाई पनि, चोरलाई पनि शहीद भनियो... म यो सरकारलाई आग्रह गर्न चाहन्छु। ५० औँ हजार मजदुरहरूका निम्ति बोल्दा बोल्दै ज्यान गुमाएका कमरेडलाई के भन्ने? हामी हाम्रो महासङ्घको तर्फबाट कमरेड कमल गौतम ती फटाहा, चोरहरूभन्दा महान शहीद बन्नुभएको छ भन्ने घोषणा गर्न चाहन्छु।"

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ