arrow

पहिला देश अभियानले प्रधानमन्त्रीको राजीनामा माग्यो, कात्तिक १६ देखि आन्दोलन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
sp-shaha-genz.jpg

काठमाडौँ । पहिला देश (पिपुल्स रेभुलेसन) अभियानले प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको हितमा काम गर्ने छाँट नदेखिएको भन्दै राजीनामाको माग गरेको छ ।

अभियानले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सरकारले न्याय नदिएको भन्दै कार्तिक १६ देखि सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छ ।

जेनजीले गरेको ऐतिहासिक आन्दोलनबाट जनताले ठूलो आशा राखेको तर वर्तमान सरकारले वेवास्ता गरेको भन्दै पहिला देशका संयोजक एसपी शाहले जेनजी, लघुवित्त, सहकारी, मिटर व्याज, बैंकलगायतका पीडितले न्याय नपाउन्जेल निरन्तर संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।

शाहले संविधान परिमार्जन सभाको गठनको माग गर्दै आफूहरूले अगामी १६ गते सांकेतिक प्रदर्शनको घोषणा गरेको पनि जानकारी गराए । 

जेनजीले २७ घण्टामा सत्ता पलट गरे पनि वर्तमान सरकार पुरानै ढर्राभन्दा फरक नभएकोप्रति दुःख व्यक्त गर्दै भने, ‘सशीला कार्कीको सरकार न घोडा, न गधा, खच्चड जस्तैः भयो, यसबाट देशले निकास नपाउने भएकाले राजीनामा गर्नुपर्छ ।’

पहिला देशका संरक्षक मनिराम ज्ञवालीले जेनजी आन्दोलनको आँधीहुरीबाट निर्माण भएको वर्तमान सरकार पनि केपी ओलीको भन्दा फरक नभएकोले संविधान परिमार्जन सभामार्फत देशलाई निकास दिनुपर्ने बताए । 

लघुवित्त पीडित संघर्ष समिति अध्यक्षसमेत रहेका ज्ञवालीले वित्तीय शोषणको अन्त्य र विशेष वित्तीय ऐन खारेजको माग गर्दै, त्यसको मुख्य बाधक राष्ट्र बैंक भएको आरोप लगाए । 

ज्ञवालीले केपी ओली र रमेश लेखकको स्वेच्छाचारीताले देशले ठूलो संकट भोगेको आरोप लगाउँदा जेन्जीको मर्म अनुसार वर्तमान सरकारले देशलाई अघि बढाउनुपर्ने माग राखेका छन् ।

मिटर ब्याजी तथा किसान मजदूर आन्दोलनका सचिवालय सदस्य सुरेश घिमिरे र विकास स्नेहीले मिटर ब्याज पीडितका माग तीन-तीन पटका आयोगमार्फत प्रतिवेदन बने पनि पीडितले न्याय नपाएको गुनासो गरेका छन् ।

‘जनतामारा मिटर ब्याजी तथा शोषकहरूले लिखित गरेका जाली तमसुक र चेकहरू रद्ध नगरेसम्म पीडितले न्याय पाउँदैनन,’ घिमिरेले थपे ।

नागरिक युवा दस्ताका संयोजक तथा पहिला देशका संस्थापक सदस्य शम्भू थापाले ठूला बैंक र वित्तीय संस्थाले ब्रह्मलुट गरेको आरोप लगाउँदै भने, ‘कुने पनि वित्तीय पीडितलाई कालो सूची र धितो लिलाम गरी सुकुम्बासी बनाए कडा आन्दोलन हुन्छ ।’

एन्टेक जे जेनजीका सुरेन्द्र घर्ती, सुनिल सिंह र विकाश रसाइलीले वर्तमान सरकारले आफूहरूलाई वेवास्ता गर्दै एन्जीयो तथा आइएन्जीयोको प्रभावमा परेर देशलाई थप द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए ।

जेनवाइका प्रतिनिधि शौरभ भण्डारीलगायतले सरकारप्रति आक्रोश व्यक्त गर्दै तत्कार संविधान परिमार्जिन सभाको गठन हुनुपर्ने माग गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ