चितवन। नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ५, तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तर वर्षाका कारण पहिरो खसेको हो। बाटो अवरुद्ध भएपछि दुवैतर्फका सवारीसाधन सडकमा रोकिएका छन्।
प्रहरी नायब उपरीक्षक खनालले पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्नका लागि आफूहरू लागिपरेको बताएका छन्।