चितवन । गौरबाट काठमाडौँतर्फ गइरहेको एउटा बस आज बिहान भरतपुर महानगरपालिका–९, टिकौली जङ्गलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्।
यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा पुर्याइएको छ। घाइते सबैको अवस्था सामान्य रहेको जानकारी दिइएको छ।
दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आइसकेको छ।