arrow

खाद्यले किसानको १९ हजार मेट्रिक टन धान खरिद गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
khadhya_sansthan.jpg

काठमाडौँ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष १९ हजार मेट्रिक टन धान खरिद गर्ने तयारी गरेको छ । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खाद्यले देशका विभिन्न १४ स्थानबाट धान खरिद गर्ने तयारी गरेको हो ।

सरकारले यस वर्षका लागि मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६२८दशमलव३३ रुपैयाँ तोकेको छ भने मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४६३दशमलव८१ रुपैयाँ तोकेको छ ।

सोहि समर्थन मूल्य अनुसार कम्पनीले महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगन्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडबाट खाद्यले धान खरिद गर्न लागेको छ ।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार धान खरिदका लागि यस वर्ष करिब ७० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

हालसम्म धनगढीमा मात्रै कम्पनीले खरिद कार्य शुरू गरेको छ भने अन्य स्थानमा केहिदिन भित्रै खरिद कार्य शुरू गने तयारी रहेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।

उनका अनुसार गतवर्ष कम्पनीले ७३ हजार ६ सय २० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको भएपनि लक्ष्यभन्दा निकै कम साढे ११ हजार मेट्रिक मात्र खरिद गर्न सकेकाले यसवर्ष खरिद लक्ष्य घटाइएको हो ।

पश्चिम नेपालका जिल्लाबाट धान खरिदका लागि निकै दबाब आइरहेकाले पछि खरिद लक्ष्य बढ्न सक्ने समेत उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ