arrow

रैनादेवी छहरामा विद्युतीय गाडी दुर्घटना, सवार सबैको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
ev-accident-82-7-12yy.jpg

तानसेन । यहाँको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङ्मा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नं को विद्युतीय गाडी आज दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो । 

दुर्घटनामा चालक छहरा अमलावासका ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा– १ सिद्धेश्वरका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र छहरा–४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रधानले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई जिल्ला अस्पताल पाल्पा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । 

गाडीमा तीन जना मात्र सवार रहेको प्रधानले बताए । सो गाडी सडकदेखि निकै तल खोल्सामा खसेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ