झापाको दमकमा यात्रुवाहक बस दुर्घटना, एकको मृत्यु र २१ घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
1k
Shares
भद्रपुर (झापा)। दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बसमा कुल ३५ जना सवार थिए।
दुर्घटनामा घाइते भएका २१ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। अन्य २० जना भने सामान्य उपचारपछि घर फर्किसकेका छन्।
प्रहरीले बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।