arrow

संसदीय प्रणाली स्वीकार्दै विप्लवको पार्टी निर्वाचन आयोगमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
biplav-dal-ec-82-7-11 (1).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी र नेपाल न्युज बैंक ।

काठमाडौँ । संसदीय प्रणाली नै अस्वीकार गर्दै आन्दोलित भएको ११ वर्षपछि  नेत्रविक्रम चन्द ‘विप्लव’ को ‘नेपाल कम्युनिस्ट पार्टी’ दल दर्ता गर्न निर्वाचन आयोग पुगेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' नेतृत्वको नेकपाको टोलीले आयोग कार्यालय पुगेर मंगलबार दल दर्ताको निवेदन दिएको हो ।

पार्टीको नाम ‘कम्युनिस्ट पार्टी, नेपाल’ प्रस्ताव गरिएको छ । चुनाव चिह्न भने अझै टुंगेको छैन । सशस्त्र द्वन्द्वका सशक्त कमाण्डर विप्लवले २०६९ मै तत्कालीन माओवादी छाडेर संसदीय चुनावको विरोध गर्दै आएका थिए । 

आयोग पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रस्ताव गरेका छन् । सोही क्रममा प्रकाण्डले निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया जसरी सुरु भयो यसले आगामी दिनमा देशको अगाडि भएका विद्यमान समस्या समाधान र परिवर्तनमा विशेष स्थान राख्ने बताए ।

उनले भने, ‘आज हामीले जसरी निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया सुरु गर्यौ त्यसले आगामी दिनमा देशको अगाडि भएका विद्यमान समस्या समाधानको लागि र देशको अगाडि भएको अवसरलाई वास्तविकतामा परिवर्तन गर्नको लागि पनि नेपाल कम्युनिष्ट पार्टीले लिएको कदम र चुनावमा प्रवेशको कुराले विशेष स्थान राख्ने छ ।’

यस्तै, उनले नेपालको राजनीतिमा सबैभन्दा प्रजातान्त्रिक र जनतालाई कुनै अवरोधबिना प्रवेश गर्न, फैसला गर्न पाउने एउटा विधि भनेको निर्वाचनको विधि भएको भन्दै पार्टीले पनि सोही विधि अनुसार अगाडि बढ्ने तयारी गरेको बताए । 

उनले भने, ‘नेपालको राजनीतिमा एउटा नयाँ नीति अगाडि सारेर हामीले जनताको अधिकार र मुद्धाको कुरालाई जनताले आफै फैसला गर्ने एउटा सबैभन्दा प्रजातान्त्रिक विधि र त्यो विधिमा जनतालाई कुनै अवरोधबिना प्रवेश गर्न पाउने र फैसला गर्न पाउने एउटा विधि भनेको निर्वाचनको विधि हो । सोही कारण हाम्रो पार्टीलाई पनि निर्वाचन आयोगमा दर्ता गराउन लागिएको हो ।’

जेनजी आन्दोलनपछि बनेको सरकारका अगाडि ठूला ठूला चुनौती र प्रश्नहरु रहेको भन्द त्यसको समाधान गर्न पनि राष्ट्रिय राजनीतिमा नयाँ छलफल जरुरी रहेको उनको भनाई छ । 

सोही क्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि कम्युनिष्ट पार्टी नेपाल भनेर दर्ता हुन आएको सायद यो पहिलो पार्टी भएको बताए ।  

उनले भने, ‘कम्युनिष्ट पार्टी नेपाल भनेर दर्ता हुन आएको सायद यो पहिलो पार्टी होला ।’

यसको साथै, उनले निर्वाचनको व्यवस्थापन, कार्यान्वयन गर्ने प्रक्रिया अहिलेको अवस्थामा कठिन भएको भन्दै निर्वाचन आयोग अहिलेको अवस्थामा बढो सचेतताका साथ काम गरिरहेको बताए । 

सानोभन्दा सानो कुराले पनि निर्वाचन विथोलिन सक्ने पनि उनको भनाई छ । 

उनले भने, ‘चुनावको लागि हामीलाई कति तनाव हुन्छ । निर्वाचनको व्यवस्थापनको प्रक्रिया हुन्छ । यसलाई कार्यान्वयन गर्ने प्रक्रिया हुन्छ सानोभन्दा सानो कुराले पनि निर्वाचन विथोलिन सक्छ । निर्वाचन आयोग अहिलेको अवस्थामा बढो सचेतताका साथ काम गरिरहेको छ ।’

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । आयोगमा यसपालि धमाधम नयाँ दलहरु दर्ता भइरहेका छन् । 

biplav-dal-ec-82-7-11 (1).jpg
biplav-dal-ec-82-7-11 (2).jpg
biplav-dal-ec-82-7-11 (3).jpg
biplav-dal-ec-82-7-11 (4).jpeg
biplav-dal-ec-82-7-11 (5).jpeg
biplav-dal-ec-82-7-11 (1).jpeg
biplav-dal-ec-82-7-11 (2).jpeg
biplav-dal-ec-82-7-11 (3).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ