arrow

शान्ति सुरक्षाकाे अवस्था बुझ्न गृहमन्त्रीको टोली जनकपुरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
omprakash-aryal-janakpur.jpg

जनकपुर । गृहमन्त्री ओमप्रकाश अर्यालकाे टाेली सोमबार जनकपुर आइपुगेकाे छ । आगामी प्रतिनिधि सभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन टाेली जनकपुर आएकाे हाे । 

टोलीमा उद्योग र कानूनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता तथा गृहसचिव रामेश्वर दङ्गालसमेत छन् ।

उनीहरूले जनकपुरधामको विभिन्न छठ घाटहरूको अवलोकन र पूजा आराधना गर्नुका साथै जिल्लाका सुरक्षा प्रमुखहरूसँग सुरक्षा आवस्थाबारे जानकारी लिनेछन् ।

मङ्गलबार गृहमन्त्री अर्यालको प्रमुख आतिथ्यमा जिल्ला सुरक्षा समितिको बैठक बस्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ