पोखरा। पर्वतको मोदी गाउँपालिकास्थित महभीरमा जीप दुर्घटना भएको छ । मोदी सामुदायिक खानेपानी पञ्चमूलको जीप मोदी नदीमा खसेको बताइएको छ ।
जीपमा तीन जना सवार रहेका थिए । जसमा दुई जनालाई उद्धार गरी उपचारका लागि पोखरा ल्याइएको मोदी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष दीपेन्द्रजंग लामिछानेले जानकारी दिए ।