arrow

कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता, अझै ९९ जना फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
kanchanpur-karagar.JPG

कञ्चनपुर। कञ्चनपुर जिल्ला कारागारबाट भागेका कुल कैदीबन्दीमध्ये हालसम्म ३८८ जना फिर्ता भएका छन्। कारागार तोडफोड भएपछि फरार भएकामध्ये ३७१ पुरुष र १७ महिला कैदी फिर्ता आएको कारागार कार्यालयले जनाएको छ।

कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार, फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना सम्पर्कमा आएका छैनन्। फरार रहेकामध्ये १७ जना महिला कैदी पनि छन्। फिर्ता भएका कैदीबन्दीमध्ये ६३ जनालाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी पुनः कारागारमा बुझाएको हो।

कारागारमा हाल १४ जना भारतीय नागरिकसमेत कैद सजाय भोगिरहेका छन् भने फरार हुनेमध्ये १७ जना भारतीय कैदी अझै सम्पर्कमा आएका छैनन्।

निमित्त प्रशासक जोशीले स्वेच्छिक रूपमा फिर्ता हुन तोकिएको समयभित्र नफर्किने कैदी तथा थुनुवामाथि कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएका छन्। उनले फरार कैदी वा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति पनि कानुनी रूपमा कसुरदार ठहरिने र उनीहरूमाथि समेत आवश्यक कारबाही अघि बढाइने व्यवस्था रहेको बताएका छन्।

पटक–पटक कारागार प्रशासनले स्वेच्छिक रूपमा फर्किन सार्वजनिक अपिल गरे पनि अझै केही कैदी सम्पर्कमा नआएकाले प्रहरीले फरार कैदीबन्दीको खोजी र पक्राउ कार्यलाई तीव्र बनाएको जोशीको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ