arrow

सुनको भाउमा गिरावट, चाँदी पनि घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
gold-jewalary.jpg

काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ। आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ। आइतबार सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ। आइतबार ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ