arrow

राजापुरका किसानको धान तत्काल खरिद गर्न खाद्य संस्थानलाई पाण्डेको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
kamal-pandey-rajapur-nc.jpg

बर्दिया । राजापुर नगरपालिकाका नेपाली कांग्रेसका नगर उपसभापति कमल पाण्डेले तत्काल स्थानीय किसानको धान खरिद गर्न खाद्य संस्थानलाई आग्रह गरेका छन् । 

उनले सरकारले यस वर्ष धानको समर्थन मूल्य तोके पनि राजापुरस्थित खाद्य संस्थानले हालसम्म धान खरिद कार्य नथाल्दा स्थानीय किसानहरू ठूलो मर्कामा परेको जानकारी गराउँदै तत्काल खरिद कार्य थाल्न आग्रह गरेका हुन् । 

स्थानीय सरकारले पनि किसानको यो गम्भीर समस्याप्रति बेवास्ता गर्दै आएको भन्दै उनले दुःख व्यक्त गरे ।

संस्थानले धान नकिनेकै कारणले किसन सस्तोमा बेच्न बाध्य भएकोसमेत उनले दुखेसो पोखे । उनले भने, 'यसले किसानहरूको श्रम, पसिना र लगानीको उचित मूल्य प्राप्त गर्न नसकेको देखिन्छ।'

कृषकहरूले मेहनतपूर्वक उत्पादन गरेको धान तोकिएको मुल्यमा बेच्न नपाई, बाध्यतावश तोकिएको मूल्य नेपाल सरकारले समर्थन गरेको
- मोटा धान: रु ३,४६३.८१ प्रति क्विन्टल  र  मध्यम (मसिना) धान: रु ३,६२८.३३ प्रति क्विन्टल रहेको छ । 

सो मुल्यमासमेत बेच्न नपाई बाध्य भएर त्यो भन्दा कम दरमा बाहिरका व्यापारीलाई बेच्नुपरेको गुनासो किसानको रहेको पनि नगर उपसभापति पाण्डेले बताएका छन् । 

उनले भनेका छन्, अतः म नेपाली कांग्रेस राजापुर नगरपालिका नगर उपउभापतिको तर्फबाट यस व्यवस्थाको घोर विरोध गर्दै, सबै सरोकारवालाहरूसँग आग्रह गर्दछु । किसानको अधिकार, श्रम र उत्पादनको सम्मानका लागि एकजुट भइ आवाज उठाऔँ, धान खरिद तत्काल सुरु गरियोस्, किसानले तोकिएको मूल्यमा आफ्नो उत्पादन बेच्न पाउने सुनिश्चितता दिलाओस् । किसान बाँच्न सके देश बाँच्छ — यो हाम्रो सामूहिक जिम्मेवारी हो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ