arrow

गाओफेन-१४०२ उपग्रह अन्तरिक्षमा प्रक्षेपण सफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
china-antarikshya.jpg

काठमाडौँ । चीनले आइतबार दक्षिण-पश्चिमी सिचुवान प्रान्तस्थित सिचाङ्ग उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह ‘गाओफेन-१४०२’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

यो उपग्रह चिनियाँ समय अनुसार बिहान ११ः५५ बजे ‘लङ मार्च-३बी’ रकेटमार्फत आकाशमा उडाइएको थियो । प्रक्षेपणपछि उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ ।

गाओफेन-१४०२ उपग्रहले विश्वव्यापी स्तरमा उच्च-सटीक त्रि-आयामिक (स्टेरियो) चित्रहरू संकलन गर्न सक्ने क्षमता राख्दछ ।

यसले देशको आर्थिक विकास, आधारभूत भूगोलसम्बन्धी जानकारी संकलन तथा राष्ट्रिय सुरक्षासम्बन्धी पूर्वाधार निर्माणमा सहयोग पुर्याउने बताइएको छ ।

यो प्रक्षेपणसँगै ‘लङ मार्च’ रकेट श्रृंखलाको यो ६०३औँ उडान मिशन रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ