काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन् ।
मन्त्रिपरिषद् विस्तार भएसँगै चारजना मन्त्रीहरुको नाम तय भएको हो । तय भएकाहरुमा जसमा डा सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।
चारै मन्त्रीहरुको शपथ दिउँसो साढे २ बजे हुने भएको छ । साढे २ बजे शपथको तयारी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
यसअघि आठ जना रहेकामा मन्त्रिपरिषद् अब ११ सदस्यीय हुनेछ ।