arrow

मधेसदेखि काठमाडौँसम्म छठघाटको तयारी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
chhatghat-82-7-9 (4).jpg
तस्बिर–रासस, नेपाल फोटो लाइब्रेरी, न्युज एजेन्सी नेपाल र नेपाल न्युज बैंक ।

काठमाडौँ । सोमबार छठको मुख्यदिन हो । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन 'नहाय–खाय' (वा 'अर्बा–अर्बाइन') विधिबाट पर्व सुरु गरेका बर्तालुहरूले  लोकआस्थाको महापर्व छठको दोस्रो दिन आज (कात्तिक शुक्ल पञ्चमी) मा 'खरना' विधिको तयारीमा जुटेका छन् । आज दिनभरि निराहार उपवास (व्रत) बस्नेछन् ।

'खरना' को दिन बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास बस्छन् र राति चन्द्र दर्शन गरिसकेपछि यो विधि सम्पन्न गर्छन्। परम्परा अनुसार, माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर कूलदेवता र छठी देवीलाई चढाइन्छ। दिनभरि व्रत बसेका बर्तालुले त्यसपछि यही खिरलाई प्रसादस्वरूप खाने चलन छ। 

मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्णका अनुसार 'खरना' लाई स्वधर्म, आत्मसंरक्षण र पापको नाशको भावमा लिइन्छ। 'खरना' विधिसँगै प्रसादस्वरुप खाएको खिरपछि नै बर्तालुको महत्त्वपूर्ण मानिने निराहार व्रत सुरु हुन्छ, जुन कात्तिक शुक्ल षष्ठी तिथिमा गरिन्छ। 

यो मुख्य विधि सोमबार सम्पन्न गरिने तयारी छ। सोमबार साँझ बर्तालुले सूर्य उपासना गर्दै मनमोहक ढङ्गले सजाइएको जलाशय घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन्, जसलाई मिथिलामा 'सझुका अरख' वा 'सझियाघाट' भनिन्छ।

त्यसैगरी सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्वको समापन गरिनेछ, जसलाई 'भोरका अरख' र 'पारन' पनि भनिन्छ। 

छठ पर्वमा बनाइने प्रसादहरू, जस्तै ठकुवा र भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई ख्वाउने र आफन्त नातेदारकहाँ पुर्‍याउन जाने मैथिल परम्परा रहेको छ। यस पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ र अर्घ्यका लागि बनाइने मिष्टान्न परिकारहरू ढिकी–जाँतोमा कुटिएको, पिसिएको पीठोबाटै तयार गरिन्छ।

रामनन्दन महेन्द्र विश्वेशर क्याम्पस जलेश्वरका प्राचार्य अजयकुमार झाका अनुसार केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र अन्य धर्मावलम्बीले समेत धुमधामसँग मनाउन थालेपछि छठपर्व साझा बन्दै गएको छ र यो मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ।

त्यसैले त तराई मधेसबाट छठ हिमाल र पहाडमा पनि सरेको छ । काठमाडौँ उपत्यकामा त विशेष कार्यक्रम नै गरिन्छ । 

छठ पर्वका लागि काठमाडौं महानगरपालिकाले ८ स्थान तोकेको छ । महानगर प्रहरी बलको कार्यालय, सुन्धारामा आयोजित पत्रकार भेटघाटमा काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले तयारीको अवस्था बारे जानकारी दिएका हुन् ।

उनका अनुसार विगतका वर्षझैं यस वर्ष पनि महानगरपालिकाले श्रद्धालु भक्तजनलाई सहजताका साथ पूजाआजा गर्न सक्ने गरी तयारी अघि बढाइसकेको छ ।  ‘विगतजस्तै काठमाडौं महानगरपालिकाले छठको लागि आठ स्थान तयार गरेको छ । ती स्थानहरूमा सरसफाइदेखि आवश्यक पूर्वाधार तयार गर्ने काम केही दिन अघिदेखि नै सुरु गरिएको छ ।’ पाण्डेले भने ।

यी हुन् छठ पर्वका लागि महानगरपालिकाले तय गरेका आठ स्थानहरूः 
१. कमल पोखरी ।
२. गौरीघाट ।
३. बोक्सी दह ।
४. बागमती दोभान ।
५. टंकेश्वर ।
६. बल्खु कुमारी क्लब ।
७. कुलेश्वर भलिबल ग्राउण्ड ।
८. रामघाट ।
साथै प्रहरी प्रमुख पाण्डेले भक्तजनलाई ती तोकिएका स्थानहरूमा गई सहज र सुरक्षित रूपमा छठ पर्व मनाउन अनुरोध गरे । उनले महानगर प्रहरी बलले भीड व्यवस्थापन, सरसफाइ र सुरक्षाका आवश्यक व्यवस्था मिलाइसकेको जानकारी पनि दिए ।
 

chhatghat-82-7-9 (16).jpg
chhatghat-82-7-9 (17).jpg
chhatghat-82-7-9 (18).jpg
chhatghat-82-7-9 (19).jpg
chhatghat-82-7-9 (20).jpg
chhatghat-82-7-9 (21).jpg
chhatghat-82-7-9 (22).jpg
chhatghat-82-7-9 (23).jpg
chhatghat-82-7-9 (24).jpg
chhatghat-82-7-9 (25).jpg
chhatghat-82-7-9 (2).jpg
chhatghat-82-7-9 (4).jpg
chhatghat-82-7-9 (5).jpg
chhatghat-82-7-9 (6).jpg
chhatghat-82-7-9 (7).jpg
chhatghat-82-7-9 (8).JPG
chhatghat-82-7-9 (9).JPG
chhatghat-82-7-9 (10).jpg
chhatghat-82-7-9 (11).jpg
chhatghat-82-7-9 (12).JPG
chhatghat-82-7-9 (13).JPG
chhatghat-82-7-9 (14).JPG
chhatghat-82-7-9 (15).jpg
chhatghat-82-7-9 (1).jpeg
chhatghat-82-7-9 (3).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ