arrow

जेन–जी समूहलाई प्रशासनले किन दिएन प्रदर्शनको स्वीकृति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ८ शनिबार
genZ-82-7-8-qq.jpg

काठमाडौँ । स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई आज नेपाल प्रहरीले हिरासतमा लिएको छ । 

आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जने–जी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि  नियन्त्रणमा लिएको हो । 

स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेन–जी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ । नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन् । 

जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरुले  स्वतन्त्र रुपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति माग्दा नपाएको बताए । 

उनले प्रहरी प्रशासनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक नभएको बताए । “हामी जेनजीहरु एकजुट हुनुपर्छ भन्ने सकारात्मक भावसहित जाऔं भनेको लागेका हौँ । तर हामीलाई रोकियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएनौ, दिइएन”, उनले भने । 

पछिल्लो समय जेन–जीहरूबीच तालमेल हुन नसक्दा जेन–जीको आन्दोलनपछि बनेको नागरिक सरकार पनि अलमलमा छ । 

जेन–जीका विभिन्न समूहले फरक फरक माग राखेसँगै फागुन २१ गतेका लागि तोकिएको संविधान सभा निर्वाचन दलहरुका कारण नभइ जेन–जीकै कारण नहुने सम्भावना बढेको छ । 

जेन–जीका विभिन्न समूहलाई विभिन्न आईएनजीओ र एनजीओले चलाएको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ