arrow

नहरमा डुबेर दिदीबहिनीसहित तीनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
kailali-district.png

कैलाली । कैलालीमा नहरमा डुबेर दिदीबहिनीसहित तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा र टीकापुर नगरपालिका वडा नं १ का जुम्ल्याह दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं र जानकी गाउँपालिका वडा नं ५ गुजरुवाकी सुलोचना तिमिल्सेना छन् । 

जानकी गाउँपालिका वडा नं ५ पथरैया गुजरुवास्थित सातविघा नजिकै रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा उनीहरू डुबेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

निशा र मानुषी टीकापुरस्थित जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा ५ मा र सुलोचना जानकी गाउँपालिका-१ मा रहेको सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा ४ मा अध्ययनरत थिए ।

डीएसपी डाँगीका अनुसार निशा र मानुषीको आफन्त कहाँ गएका बेला नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । तीनै जनाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ