arrow

दानीखेतमा जीप दुर्घटना, मालिकको मृत्यु, चालकको खोजी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
jeep-accident-82-7-7a.jpg

खलङ्गा । दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज  बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो । 

उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए । 

जीप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ । जीप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी  टोली घट्नास्थलतर्फ गएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ