arrow

कमलामाईमा ‘उज्यालो वडा अभियान’, दुई सय पाँच स्थानमा सडक बत्ती जडान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
batti-jadan.jpg

रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिकामा युवाहरूको सक्रियतामा ‘उज्यालो वडा अभियान’ शुरू गरिएको छ ।

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको पहलमा नगरका विभिन्न वडामा अहिलेसम्म २ सय ५ भन्दा बढी सडक बत्ती जडान गरिएको छ ।

पार्टीका नगर सचिव कैलाश ढुङ्गेलका अनुसार सडक बत्ती जडानका लागि आवश्यक सबै सामग्री स्थानीय स्तरमै सहयोग सङ्कलन गरेर जुटाइएको हो । 

‘सरकारी निकायको बजेटको भर नपरी युवाहरूले आफैँ योगदान गरेर गाउँ उज्यालो बनाउने अभियान चलाएका हुन्,’ उनले भने । 

ढुङ्गेलका अनुसार हालको वडा नं १० अन्तर्गत साबिक १३, १५, १६, १७ र १८ नम्बर वडामा पर्ने भडार, कोरुङ खोला, सरकारी टोल, जहान टोल हुँदै दोभानसम्म र रानीचुरीका मुख्य सडक पोलमा बत्ती जडानको योजना बनाएर काम शुरू भएको हो ।

क्षेत्रमा बत्ती जडानको काम बाँकी रहेकाले ती क्षेत्रमा तिहारपछि काम शुरू गरिने तयारी भएको छ ।

तिहारमा उज्यालो बत्ती जोडिएपछि स्थानीय बासिन्दा पनि यस अभियानप्रति उत्साहित भएका छन् ।

उनीहरूका अनुसार बत्ती जडानपछि रातको समयमा आवतजावत सहज बनेको छ र सुरक्षामा पनि सुधार आएको छ ।

कमलामाई नगरका विभिन्न टोल र बजार क्षेत्रमा शरू भएको यो ‘उज्यालो वडा अभियान’ले स्थानीय स्तरमा राजनीतिक संगठन र समुदायबीचको सहकार्यको नयाँ उदाहरण स्थापित गरेको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ