नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा देउसी भैलो, १७ हजार डलर संकलन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
1k
Shares
कोलोराडो अमेरिका । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ अमेरिकाको कोलोराडोको विभिन्न सहरमा देउसी भैलो कार्यक्रमबाट १७ हजार ४० डलर संकलन भएको छ ।
कोलोराडोमा क्रियाशील संस्था नेपाली घरको संयोजन तथा स्थानिय संघ संस्था र समाजसेवीहरुको सहयोगमा नेपालीहरुको दोश्रो ठूलो महान् चाड तिहारको अवसरमा देउसी भैलो कार्यक्रम सम्पन्न हो ।
यसअघिका वर्षहरुमा जस्तै यस वर्ष पनि शुभकामना आदान प्रदानसहित नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो । यसरी देउसी भैलो खेलीएका स्थानहरुमा कोलोराडोको दक्षिणी क्षेत्र अरोराको सेन्टेनियल र नेपाली सांस्कृतिक केन्द्र नेपाली घर रहेका छन् ।
अरोराको सेन्टेनियलमा स्थानीय समाजसेवी राज ढुंगानाको संयोजनमा अक्टोबर १७ तारिख संचालन भएको देउसी भैलो कार्यक्रममा ६ हजार ७ सय ७९ डलर संकलन भएको नेपाली घरका वरिष्ठ उपाध्यक्ष गंगा चौलागाईंले बताएका छन् ।
यसैगरी नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा नेपाली घरका बोर्ड अफ डिरेक्टर चन्द्रकान्त अधिकारीको संयोजन तथा कल्चर एण्ड इभेन्ट अफिसर दिनेश कार्कीको सह संयोजनमा अक्टोवर १९ तारिख आयोजित देउसी भैलो कार्यक्रम १० हजार २ सय ६१ डलर संकलन भएको नेपाली घरका महासचिव भोला कटुवालले बताएका छन् ।
विशेष गरी नयाँ पुस्तालाई हाम्रो रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जानकारी गराउन, यहाँका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतिको पहिचान गराउन तथा नेपालीभाषी समुदायको आस्थाको केन्द्र नेपाली सांस्कृतिक केन्द्रलाई आर्थिक सहयोग जुटाउन देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो ।