arrow

भुल्केमा केन्द्रीय विद्युत् सेवा विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
Bidhut.jpg

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका-३ भुल्केमा वडाको सक्रिय पहलमा एक सय सात घरमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ ।

बेहेश्वर जलविद्युत् आयोजनामा चट्याङका कारण क्षति पुगेर बस्ती अन्धकारमा डुबेपछि वडाले पहल गरी पुनः उज्यालो फर्काएको हो ।

यही असोज १९ देखि २१ गतेसम्मको लगातारको वर्षासँगै परेको चट्याङले स्थानीय जलविद्युत् आयोजनाको मेसिन बिग्रिएपछि सम्पूर्ण बस्तीमा विद्युत् सेवा ठप्प भएको थियो ।

स्थानीयस्तरमा वितरण गरिएको विद्युत्मा समस्या आएपछि वडाको पहलमा केन्द्रीय विद्युत् विस्तार गरिएको वडाध्यक्ष रामु थापामगरले जानकारी दिए । अठासी परिवारलाई मिटरसमेत वितरण गरिएको छ ।

विगतको विद्युत् सेवा अवरोध भएपछि अन्धकार बनेको बस्तीमा पाँच दिनभित्रै केन्द्रीय लाइन विस्तार कार्य सम्पन्न हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ