जीप दुर्घटनामा चारको अवस्था गम्भीर, एक जनालाई काठमाडौँ पठाइयो
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
965
Shares
रामेछाप । दोलखामा मंगलबार बिहान जीप दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनोमा भीमेश्वर नगरपालिका वडा नं ९ स्यासीकी ४० वर्षीया गोमा भुजेल, ५२ वर्षीय महेन्द्रबहादुर श्रेष्ठ, ५२ वर्षीया कृष्णकुमारी श्रेष्ठ र ४८ वर्षीया गंगाकुमारी श्रेष्ठ घाइते छन्।
घाइतेमध्ये तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र गोमालाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
भीमेश्वर नगरपालिका वडा नं ९ स्यासीमा ग२च ३४०० नम्बरको जीप ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।
जीपमा सात जना यात्रु रहेकामा तीन जनाको अवस्था समान्य रहेको बताइन्छ ।