arrow

केपी ओली कानूनभन्दा माथि हुनुहुन्न : गृहमन्त्री अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
omprakash-aryal-03-07.jpg

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली कानूनभन्दा माथि नरहेको बताएका छन् ।

सिंहदरबारमा सोमबार पत्रकारको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका थिए ।

गृहमन्त्री अर्यालले ओलीको उक्त चुनौतीलाई कानून मान्दिन भनेको भन्ने संज्ञा दिए । उनले पहिला केपी ओली कानूनभन्दा माथि भए पनि अब नभएको बताए । 

उनले भने, ‘यो चाहीँ कानून मान्दिन भनेको हो, उहाँले । केपी ओलीमात्रै कानूनभन्दा माथि बस्ने पहिलाको चाँही त्यस्तो थियो । अहिले हुँदैन ।’ 

उनले केपी ओलीलाई उपत्यकाका नछाड्न सरकारले नभई भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको आयोगले भनेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ