arrow

इजरायल-हमास युद्धविरामपछि शव हस्तान्तरण जारी, दोस्रो चरणको वार्ता अनिश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
hamas-bandi.jpg

काठमाठौँ । हमासले शनिबार थप दुई मृतक इजरायली बन्धकको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको छ ।

यता, इजरायलले सोही दिन युद्धविराम र कैदी आदानप्रदान सम्झौताअन्तर्गत १५ प्यालेस्टिनी बन्दीहरूको शव प्यालेस्टिनी पक्षलाई हस्तान्तरण गरेको छ ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले दुई मृतक बन्धकको अवशेष रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत इजरायल रक्षा बललाई हस्तान्तरण गरिएको छ र पहिचानको लागि राष्ट्रिय फोरेन्सिक मेडिसिन संस्थानमा पठाइएको छ ।

अक्टोबर १० मा लागू भएको इजरायलीसँगको गाजा युद्धविराम सम्झौताको पहिलो चरणको सम्मान गर्दै, हमासले हालसम्म मृतक बन्धकको २८ शवमध्ये १२ शव इजरायललाई हस्तान्तरण गरिसकेको छ।

हमासले शनिबार पहिले सबै जीवित इजरायली बन्धकलाई रिहा गरिसकेको छ र मृतक बन्धकको सबै हस्तान्तरणयोग्य शव तुरुन्तै हस्तान्तरण गरेको जनाएको छ ।

यद्यपि, इजरायलले मृतक प्यालेस्टिनी बन्दीको शव स्थानान्तरण गर्ने मुद्दालाई हेरफेर गरिरहेको छ भने सर्वसाधारणलाई धम्काउन गाजा पट्टीमा हवाई आक्रमण जारी राखेको जनाइएको छ । 

युद्धविराम सम्झौताको पहिलो चरणको कार्यान्वयन पछि गाजाको पुनर्निर्माण तुरुन्तै सुरु हुनुपर्ने तर इजरायलले जानाजानी यसलाई स्थगित गरिरहेको हमासको आरोप छ । 

यस्तै, हमासले मृतक इजरायली बन्धकको सबै शव फिर्ता नगरेकोले गाजा युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता अझै शुरू भएको छैन। एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ