गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक, एकीकृत निर्वाचन सुरक्षा योजनामाथि छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
1.1k
Shares
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले आज (आइतबार) केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।
गृह मन्त्रालयले जनाएअनुसार, बैठकमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन्।
बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारिरहेको एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षा गर्ने र आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिने मुख्य कार्यसूची रहेको छ।