arrow

इजरायलद्वारा १५ प्यालेस्टिनीको शव फिर्ता, कुल सङ्ख्या १३५ पुग्यो

यातना दिएको हमासको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
israel-people-hamas-left.jpg

काठमाडौँ । इजरायलले शनिबार १५ प्यालेस्टिनीहरूको शव गाजालाई फिर्ता गरेको छ। हमासको स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौताअनुसार इजरायलद्वारा फिर्ता गरिएका मृतक प्यालेष्टिनीको सङ्ख्या १३५ पुगेको छ।

सम्झौताअनुसार, इजरायलले प्रत्येक मृतक इजरायलीका लागि १५ जना प्यालेस्टिनीको शव बुझाउनु पर्ने थियो। शुक्रबार अबेर हमासले अर्का एक बन्धक इजरायली नागरिकको शव फिर्ता गरेको थियो। युद्धविराम सुरु भएयता हमासले नौ जना इजरायली र एक नेपाली विद्यार्थीको शव बुझाइसकेको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार फर्केका केही शवमा दुव्र्यवहार, कुटपिट, हथकडी र आँखामा पट्टी बाँधी यातना दिएको सङ्केत देखिएको छ। मन्त्रालयले युद्धविराम सम्झौता अन्तर्गत पहिले फिर्ता भएका अन्य मृत शरीरका बारेमा पनि यस्तै दाबी गरेको छ।

यद्यपि, इजरायली सेनाले यी दाबीहरूलाई ‘हमासको गलत प्रचार’ भएको भन्दै खारेज गरेको छ। इजरायली सेनाले शुक्रबार एएफपीलाई बताएअनुसार, "अहिलेसम्म फिर्ता गरिएका सबै शवहरू गाजा क्षेत्रका लडाकुहरूका हुन्।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ