एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन : आज पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीले धारणा राख्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
1k
Shares
काठमाडौँ । नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक ललितपुरको जावलाखेलमा शुरु भएको छ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारीअनुसार यसअघि करिब २०० केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखिसकेका छन्। आज (शुक्रबार) असोज २९ र ३० गते बोल्न बाँकी रहेका केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ।
पार्टीमा स्थायी कमिटी र पदाधिकारीसहित ९९ नेताहरू रहेका छन्। आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरूले आ-आफ्नो धारणा राख्नेछन्, जसका लागि हरेक नेतालाई तीन मिनेटको समय उपलब्ध गराइनेछ।
सबैले धारणा राखिसकेपछि अन्त्यमा अध्यक्ष ओलीले प्रतिवेदनमाथिको सुझावको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नुहुनेछ। अध्यक्ष ओलीले विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव, वर्तमान राजनीतिक परिस्थिति, पार्टीको आगामी बाटो र नेता कार्यकर्ताको भूमिका आदिका बारेमा निर्देशन दिनेछन्। यस्तै, आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।