arrow

फागुन–चैतमा फुल्ने पलम असोजमै फुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
palam-flower-2082-6-20.jpg

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो । 
    
विगतमा फागुन–चैतमा फुल्ने गरेको भए पनि यस वर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताए । “विगतमा फागुन–चैतमा फूल फुल्थ्यो । यस वर्ष भने असोजमै फुल्न थालेको छ”, उनले भने । 

यहाँ प्रायःसबै घरमा पलमका बोट छन् । तीमध्ये पुनले लगाएको फूल फुल्न थालेको हो । गएको वर्ष पनि छिल्लीकोटमा पुसमै काफल पाकेको थियो । वनस्पतिविज्ञ खेमराज शर्मा यसरी समयभन्दा अगाडि फुल्नु जलवायु परिवर्तनको असर रहेको बताउँछन् । 

“तापक्रम उच्च हुँदा यसरी समयभन्दा अघि फुल्ने हुन्छ । हाल हरेक वनस्पतिमा यस्तै समस्या देखिएको छ”, उनले भने । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ