काठमाडौँ। विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधवार एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा सँग भेटवार्ता गरेका छन्।
वाशिङ्टन डिसीस्थित नेपाली राजदूतावासका अनुसार, उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाहरूको प्रगति, उपलब्धि र चुनौतीहरूको बारेमा छलफल भएको थियो।
भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्यहरू तथा एडीबीका उच्च कर्मचारीहरूको सहभागिता रहेको थियो।