arrow

सवारी दुर्घटनामा आठको मृत्यु, चार घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
accident-final.jpg

काठमाडौँ । पूर्वी चीनको शानडोङ प्रान्तस्थित लियाओछेङ शहरको छिपिङ जिल्ला क्षेत्रमा मंगलबार राति एक सवारी दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

छिपिङ जिल्ला प्रशासनका अनुसार, ३७ वर्षीय चालक दू नामक व्यक्ति मद्यपान गरी गाडी चलाइरहेका बेला दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मङ्गलबार राति १०ः४६ बजे दुले चलाएको यात्रुबाहक गाडीले धेरैजसो इलेक्ट्रिक साइकलहरूलाई ठक्कर दिएको थियो ।

घटनास्थलमै एक जनाको मृत्यु भएको र बाँकी सात जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ ।

अन्य चार जना घाइतेहरूको अवस्था हाल स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ । चालक दुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक परीक्षणमा उनको रगतमा मद्यपानको मात्रा १९५.३ मि.ग्रा./१०० मि.लि. पाइएको छ, जुन कानुनी सीमाभन्दा निकै बढी हो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ