arrow

एमाले केन्द्रीय कमिटी बैठक

चुनौती सामना गर्न एमालेमा एकता अपरिहार्य: महासचिव पोखरेल

मुलुकमा सिर्जना भइरहेको राजनीतिक अस्थिरता र षड्यन्त्रहरूको विरुद्धमा पार्टी एकजुट भएर अघि बढ्नुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
shankar-pokhrel-06-28.jpg

काठमाडौं। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश र पार्टीसामु खडा भएका चुनौतीहरूलाई एकताबद्ध ढङ्गले सामना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकमा सिर्जना भइरहेको राजनीतिक अस्थिरता र षड्यन्त्रहरूको विरुद्धमा पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताए।

उनले भने, "राष्ट्रका सामु उत्पन्न भएका चुनौतिहरूलाई सिङ्गो पार्टीले कसरी सामना गर्ने भन्ने प्रश्नमा जब पार्टीमाथि चुनौतीहरू आउँछन्, त्यतिखेर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहन्छ। षड्यन्त्रहरूलाई सामना गर्न एकताको ठूलो अर्थ हुन्छ भन्ने कुरा मनन गर्नु अत्यन्तै जरुरी छ।"

महासचिव पोखरेलले मुलुकलाई प्रतिगमनतर्फ लैजानका लागि युवाहरूको दुरुपयोग गर्ने प्रयत्न भइरहेको आरोप लगाएका छन्। तर, एमालेले भने युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नुपर्छ भन्ने स्पष्ट सन्देशसहितको काम गरिरहेको उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ