arrow

मन्त्रालयले माग्यो सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १२ मंगलबार
molipa.jpg

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया अघि बढाउँदै प्रस्तावित विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिदेखि ७ दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। 

विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम उक्त विधेयकको मस्यौदा, त्यसको तर्जुमा गर्नुको कारण र सम्भावित प्रभावबारे सर्वसाधारणको राय संकलन गर्न यो सूचना प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ।

इच्छुक नागरिक, सरोकारवाला तथा सम्बन्धित पक्षलाई मन्त्रालयद्वारा सञ्चालित सुझाव पोर्टल मार्फत आफ्नो राय तथा सुझाव उपलब्ध गराउन अनुरोध गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ