arrow

बझाङमा मध्यरात भूकम्पको धक्का

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
earthquake-final-------.jpg

काठमाडौँ। बझाङ जिल्लामा गए मध्यरात भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ०८ मिनेटमा ४.९ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो।

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ। मध्यरातमा भूकम्प जाँदा स्थानीयबासिन्दामा त्रास फैलिएको थियो। 

भूकम्पको धक्का छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो।

स्थानीय प्रहरीले भूकम्पका कारण अहिलेसम्म कुनै पनि मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त नभएको जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ