arrow

जीप दुर्घटनामा एककाे मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
accident-final.jpg

डोटी । डोटीमा गएराति जीप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा बडिकेदार गाउँपालिका वडा नं ३ की अन्दाजी ३५ वर्षकी लक्ष्मी कुमारी सलामी छन्।

बडिकेदार गाउँपालिका वडा नं ३ देवलको कच्ची सडक खण्डमा कैलालीको सुखडबाट देवलतर्फ आइरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

जीपको सापट भाँच्चिएर सडकमा पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ। जीपमा चालकसहित नौ जना यात्रु रहेकोमा अन्य सबै जना सकुशल छन्। 

प्रहरी सहायक निरीक्षक पदमराज भट्टको कमान्डमा चार जनाको टोली खटिएको प्रहरी निरीक्षक रावल बताए ।

दुर्घटनापछि जीप चालक घोडाघोडी नगरपालिका वडा नं ८ मैनापोखरी बस्ने २७ वर्षीय सरोज विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ