देउवाले महाधिवेशनबाटै नेतृत्व छाड्ने, पूर्णबहादुरलाई कार्यवाहकको जिम्मा
१५ औँ महाधिवेशनबाट पार्टी नेतृत्व छाड्छु: देउवा
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
1.1k
Shares
तस्बिर फाइल
काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आगामी १५ औं महाधिवेशनबाट आफू पार्टी छाड्ने घोषणा गरेका छन्। उनले आफ्नो वैधानिक व्यवस्था र राजनीतिक इच्छा दुवैले अब नयाँ नेतृत्वलाई बाटो खुला गर्ने बताएका छन्।
मङ्गलबार पार्टी केन्द्रीय कार्य समितिको बैठकलाई लिखित सम्बोधन गर्दै देउवाले भने, "आगामी १५ औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन।"
यसै क्रममा सभापति देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन्।
उनले हाल पार्टीमा नेतृत्व हस्तान्तरणको सवाल उठेको उल्लेख गर्दै घरमा सधैं एकै जना मुली नरहने दृष्टान्त पेश गरे। उनले भने ." म साथीहरूलाई के आग्रह गर्न चाहन्छ भने–घरमा सधैं एकै जना मुली रहँदैन। पार्टीमा पनि हमेसा एकै जना सभापति रही रहँदैन।"