अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
आईएमएफका उपप्रबन्ध निर्देशक बो लिसँग भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
873
Shares
काठमाडौँ। विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार महत्त्वपूर्ण भेटघाट र कार्यक्रमहरूमा सहभागिता जनाएका छन्।
अर्थमन्त्री खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड : अमेरिका नेपालको साझेदारीको मजबुती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गरे। उक्त कार्यक्रममा मन्त्री खनालले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा चर्चा गरेका थिए। कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी लगायत दूतावासका कर्मचारी तथा युएस चेम्बर अफ कमर्सका सदस्यहरूको सहभागिता रहेको थियो।
त्यसैगरी, अर्थमन्त्री खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उपप्रबन्ध निर्देशक बो लिबीच सोमबार यहाँ भेटवार्ता भएको छ। यहाँस्थित नेपाली राजदूतावासका अनुसार भेटका अवसरमा दुई पक्षबीच वित्त तथा आर्थिक विषयमा छलफल भएको थियो।
भेटघाटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, मन्त्री खनालको भ्रमण दलका सदस्य तथा मुद्रा कोषका अन्य कर्मचारीको समेत सहभागिता थियो। अर्थमन्त्री खनाल आइतबार डिसी आइपुगेका थिए।