अर्थमन्त्री खनाल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच वासिङ्टन डिसीमा भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
1k
Shares
काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार अमेरिकाको वासिङ्टन डिसी भेटवार्ता भएको छ।
वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका अनुसार भेटवार्ताका क्रममा विश्व बैंकको सहयोगमा सञ्चालित विविध कार्यक्रमको सिंहावलोकन गरिएको थियो। साथै, आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा छलफल भएको जनाइएको छ।
भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरू, मन्त्री खनालको भ्रमणदलका सदस्यहरू र विश्व बैंकको विभिन्न परियोजनाका कर्मचारीहरूको समेत सहभागिता थियो।
अर्थमन्त्री खनाल विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन आइतबार वासिङ्टन डिसी पुगेका हुन् ।