arrow

जेन–जी समूहबीचको विवादले राष्ट्रपतिसँगको छलफल अनिश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
sital-niwas-new-pic.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ । जेन–जी प्रतिनिधिहरुसँग राष्ट्रपति रामचन्द्र पौडेलको छलफल अनिश्चित भएको छ । सोमबार राष्ट्रपति पौडेल र जेनजीहरुबीच हुने भनिएको वार्ता अनिश्चित भएको हो । 

शनिबारको वार्ता राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि रोकिएको थियो र आजका लागि सारिएको थियो । 

तर जेन–जी युवाहरुबीच नेतृत्वको विषयमा विवाद हुँदा वार्ता एवम् छलफल अनिश्चित बनेको छ । 

शनिबार सरकारले छानेका जेन–जी प्रतिनिधिहरुप्रति केही युवाहरु असन्तुष्ट भई नाराबाजी गरेका थिए । 

सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरुबीच विवाद टुंगिन सकेको छैन । 

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार जेन–जीहरु बीचको विवाद नमिल्दा छलफल आजका लागि स्थगित गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ