arrow

नेवानिमा अनियमितता छानबिन गर्न जेन–जीको माग, घोटालाको दोषीलाई कारबाही गर्न दबाब  [भिडियो]

वाइडबडी र लाउडा लगायतका काण्डहरू २०४६ सालपछि निगममा भएको चरम राजनीतिक हस्तक्षेप को उपज भएको स्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
geng-nepal-air.jpg

काठमाडौँ। जेन–जी समूहले नेपाल वायुसेवा निगममा भएको अनियममितताको विस्तृत छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहका लागि आवश्यक कदम चाल्न माग गरेको छ। जेन–जी समूहका अन्तरिम वार्ता समितिका सहसंयोजक अर्जुन शाहीले आइतबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन्।

शाहीले वाइडबडी र लाउडा एयर घोटाला लगायतका भ्रष्टाचार प्रकरणहरूको छानबिन गरी दोषी ठहर भएकालाई कारबाही गर्न र अदालतबाट दोषी ठहर भएर पनि कार्यान्वयन नभएकाहरूलाई तत्काल कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्। जेन–जी समूहले सबै भ्रष्टाचार प्रकरणहरूको स्वतन्त्र छानविन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीहरूको सम्पत्ति विवरण २१ दिनभित्र सार्वजनिक गरिनुपर्ने माग राखेको छ।

सेवा प्रवाहका सन्दर्भमा जेन–जीले करार कर्मचारीहरूको सङ्ख्या कटौती, दुर्गम क्षेत्रका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गर्न हवाई रुट थप्नुपर्ने, र विद्यार्थी, असहाय तथा गरिबलाई ५० प्रतिशत छुट दिनुपर्ने माग गरेको छ। माग पूरा नभए सबैले स्वेच्छिक राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने जेन–जी समूहको भनाइ छ।

यता, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जेन–जीले उठाएका वाइडबडी र लाउडा लगायतका काण्डहरू २०४६ सालपछि निगममा भएको चरम राजनीतिक हस्तक्षेप को उपज भएको स्वीकार गरेका छन्। उनले जहाज खरिदमा मात्रै नभएर ग्राउण्डेड गराएर विक्री गर्दासमेत अनियमितता हुने गरेको पाइएको र निगमको छानविनमा कर्मचारीहरूले सहयोग गरेको जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ