arrow

ढाकासम्म सिधा उडान गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
nepal-airlines-plane.jpg

काठमाडौँ । नेपाल वायु सेवा निगमले काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी सुरु गरेको छ। छिमेकी राष्ट्र भए तापनि अहिलेसम्म राष्ट्रिय ध्वजावाहक विमानले ढाकामा उडान भर्न नसकेको अवस्थालाई ध्यानमा राख्दै निगमले यस प्रक्रियालाई अगाडि बढाएको हो।

निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालका अनुसार यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्यहरू भइरहेका छन्। हाल बङ्गलादेशबाट काठमाडौँमा नियमित उडान हुने गरेको छ भने निजी क्षेत्रको हिमालय एयरलाइन्सले पनि ढाका रुटमा सेवा दिइरहेको छ। अब अध्ययन समितिको प्रतिवेदनका आधारमा निगमले पनि आफ्नो उडान तालिका तय गर्नेछ।

यसैबीच, निगमले काठमाडौँ–दिल्ली–काठमाडौँ रुटमा आफ्नो सेवा थप विस्तार गरेको छ। गत चैत १७ गतेदेखि सातामा तीनवटा उडान थप गरिएसँगै अहिले यो रुटमा साताको १० वटा उडान भइरहेका छन्। यसका साथै कार्गो व्यवसायलाई अझ व्यवस्थित र नाफामूलक बनाउन निगमले 'कार्गो म्यानेजमेन्ट सिस्टम स्टडी टास्कफोर्स' समेत गठन गरी काम अगाडि बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ