arrow

यस वर्ष धान उत्पादन बढ्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
paddy-dhan-81-6-28.jpg

पाेखरा । यस वर्ष पोखरा महानगर क्षेत्रमा धानको उत्पादन बढ्ने भएको छ । धानका लागि मौसम अनुकूल रहनुका साथै फाँटमा धानबाली सप्रिएकाले उत्पादन बढ्ने अनुमान गरिएको हो ।

पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसवर्ष गत वर्षको तुलनामा धानको उत्पादन बढ्ने अनुमान गरिएको बताए । उनका अनुसार पोखरा महानगर क्षेत्रमा वार्षिक ३८ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ ।

स्थानीय जातको धान प्रवर्द्धन गर्ने उद्देश्यका साथ महानगरले बर्सेनि पोखरेली जेठोबूढो धानको बीउ अनुदानमा वितरण गर्दै आएको जानकारी दिँदै उनले यस वर्ष आठ हजार किलो बीउ वितरण गरिएको बताए ।

कृषि विकास शाखा प्रमुख कडरियाका अनुसार पोखराका पामे, बिरौटा, कुडहर, अर्मला, आर्वाका साथै लेखनाथ क्षेत्रका पटनेरी, सिसुवा, सुरौदी, मालमुल, गगनगौँडालगायत स्थानका फाँटमा धान उत्पादन प्रशस्त हुने गरेको छ ।

“पोखरा क्षेत्रमा मनसुलीसहित अन्य नयाँ उन्नत जातका धान पाक्न थालेका छन् । कतिपय कृषकले काट्न थालिसकेका छन्”, उनले भने, “स्थानीय जातका जेठो बूढोलगायत धान पाक्न अलि ढिलो हुन्छ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ