arrow

'जेन–जी आन्दोलन' अघि प्रचण्ड निवासबाट दुई ट्रकमा पैसा लगिएको आरोप आधारहीन: माओवादी केन्द्र

प्रचण्ड र परिवारविरुद्धका 'तथ्यहीन' समाचारप्रति माओवादी केन्द्रको आपत्ति, कानूनी उपचार खोजिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
prachanda-22.jpg

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को सचिवालयले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासबाट 'जेन–जी आन्दोलन' अघि दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लैजाने भनी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा फैलाइएको दाबीलाई आधारहीन र प्रमाणविहीन आरोप भन्दै खण्डन गरेको छ।

सचिवालयले विशेषगरी दुईवटा ट्रकमा दुई करोड रुपैयाँ प्रचण्ड निवासबाट 'जेनजी आन्दोलन' अघि लैजाने, गङ्गा दाहालको घरमा आठजना सुरक्षाकर्मी खटाइएको, र सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको जस्ता दाबीहरूलाई आधारहीन र प्रमाणविहीन आरोप भनेको छ। सचिवालयले सम्बन्धित सञ्चार माध्यमहरूलाई यस्ता निराधार आरोपहरूको प्रमाण पेस गर्न समेत चुनौती दिएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रको सचिवालयले पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले चरित्रहत्या गर्ने उद्देश्यले यस्ता तथ्यहीन सामग्रीहरू प्रवाह गरिएको भन्दै कडा आपत्ति जनाएको छ। 

माओवादी केन्द्रले यस्ता गलत प्रचारप्रसारहरू साइबर कानुनविपरीत हुने भन्दै कानुनी अनुसन्धानका लागि सम्बन्धित निकायहरूमा अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ