arrow

करेन्ट लागेर स्काभेटर चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २५ शनिबार
current-hanga.jpg

रसुवा । रसुवाको स्याफ्रु-रसुवागढी खण्डमा शनिबार करेन्ट लागेर स्काभेटर चालकको ज्यान गएको छ । मृत्यु हुनेमा कालिका गाउँपालिका वडा नं ३ का ५० वर्षीय शिव पौडेल छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजु शाहका अनुसार टिमुरे-तातोपानी खण्डको बालुवा खानी नजिक राजमार्ग सतहमा हिलोका कारण चक्का दबिएको मालबाहक ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा स्काभेटरको बकेटले प्रवाह भइराखेको विद्युत् प्रसारण लाइनमा बकेटले छुँदा करेन्ट लागेर चालक पौडेलको मृत्यु भएको हो । 

पौडेलको शव परीक्षणका लागि जिल्ला अस्पताल राखिएको प्रहरीले जनाएको छ । उक्त स्काभेटर लामो समयदेखि टिमुरे क्षेत्रमा काम गरिरहेको स्थानीयले बताएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ