arrow

गोल्डेन सडकखण्डमा हायस दुर्घटना हुँदा एकको मृत्यु, २१ घाइतेमध्ये तीन गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २५ शनिबार
accident-final.jpg

सुदूरपश्चिम । धनगढी–डडेलधुरा (भीमदत्त राजमार्ग) अन्तर्गत डोटीको गोल्डेन सडकखण्डमा आज बिहान सु प प्र०१–००१ख३९५६ नम्बरको हायस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

 अछामबाट धनगढीतर्फ आउँदै गरेको उक्त गाडी दुर्घटना हुँदा अछाम जिल्लाकी २२ वर्षीय हरिया परियारको घटनास्थलमै मृत्यु भएको अत्तरीया ट्राफिक कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर जोराले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा परी अन्य २१ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि धनगढीतर्फ ल्याउँदै गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ