arrow

करेन्ट लागेर युवतीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २५ शनिबार
current-death.jpg

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ कलुवापुरकी १६ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आफ्नै घरको विद्युतीय मोटरबाट नुहाउने क्रममा करेन्ट लाग्दा प्रतिमा रावलको मृत्यु भएको हो । 

करेन्ट लागेको थाहा पाएपछि तत्कालै उद्धार गरी उपचारका लागि आफन्त र प्रहरीको सहयोगमा सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिए पनि उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ